images
images

यस्तो छ आजदेखि बाग्मती प्रदेशमा कायम भएको नयाँ भाडादर (सुचीसहित) 


  • 401
    SHARES
  • २०८० जेठ १२ गते शुक्रबार

    यस्तो छ आजदेखि बाग्मती प्रदेशमा कायम भएको नयाँ भाडादर (सुचीसहित) 

    काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । डिजेलको मूल्य घटेसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो। 

    काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको हाे । नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै  साे घटेको भाडादर लागू हुने छ ।

    प्रदेश सरकारले भाडादर कायम गरेसँगै ५ किलोमिटरको यात्रामा १९ रुपैयाँ भाडा लाग्ने भएको छ । यसअघि २० रुपैयाँको दरले भाडा लाग्ने गरेको थियो । साथै १० किलोमिटरको बाटोमा २५ रुपैयाँ, १५ किलोमिटरमा ३० रुपैयाँ र २० किलोमिटरमा भने ३३ रुपैयाँ भाडा लाग्ने भएको छ ।

    अन्तर प्रदेश पनि सवारी भाडा समायोजन गरिएको छ। काठमाडौं नारायणगढको भाडा ६ सय ३७ कायम गरिएको छ। यसअघि ६ सय ६४ कायम थियो।बल्खु, दक्षिणकाली हेटौडाको भाडा पनि २७ रूपैयाँले घटाइएको छ। यसअघि ६ सय ५१ कायम भएकामा अहिले ६ सय २४ तोकिएको छ।

    काठमाडौं, गल्छी, त्रिशूली, धुन्चेको भाडा पनि १९ रूपैयाँले घटेको छ। यसअघि ४ सय ३६ रुपैयाँ लिँदै आएकामा ४ सय १७ रूपैयाँ कायम गरिएको छ। यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए ।

    नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

    गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० रुपैयाँ र पेट्रोलमा ३ मूल्य रुपैयाँ घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको थियो । 

    घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको १ सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका छन् ।


    images
    images

    Logo