काठमाडौं । कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले साविक नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) को संस्थापक समूहको १४ लाख ८३ हजार ३ सय ७८ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
खरिद गर्न इच्छुक जो कोहीले सेयरमा आवेदन दिन सक्नेछन्। व्यक्ति, संस्था र विद्यमान संस्थापकहरुलाई पनि खरिदका लागि बोलकबोल पेस गर्न बैंकले आग्रह गरेको छ।
सेयर खरिद गर्न व्यक्तिले जेठ १९ सम्ममा भित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । शेयर बिक्री मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।