images
images

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 296
    SHARES
  • २०८० जेठ १२ गते शुक्रबार

    फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    विहीबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार पनि सुनको मूल्य १ हजार रुपैयाँले घटेको थियो । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo