images
images

एकैदिन ३४ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 618
    SHARES
  • २०८० जेठ ११ गते बिहीबार

    एकैदिन ३४ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय ९२ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय १९ जना, लेन अनुशासन पालना नगर्ने २ सय ३० जना, रेड लाइडमा सवारी साधन चलाउने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४४ जना, लिडारगन २ सय २२ जना चालक रहेका छन् ।  यस्तै २ हजार ७ सय ६७ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo