काठमाडौं । नेपाल औषधि लिमिटेडले माग्यो महाप्रबन्धकको लागि आवेदन माग गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नियुक्ति गर्न लागि आवेदन माग गरेको हो ।
उक्त पदको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित जनस्वास्थ्य, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ।
उक्त पदको लागि इच्छुक व्यक्तिले सुचना सार्वजनिक भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । महाप्रबन्धक पदका लागि उम्मेदवारको उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ।
यसअघि काम गरेको संस्थाको नाम, काम गरेको कुल समयावधि खुलाई स्वयंले प्रमाणित गरी उम्मेदवारले ५ हजार रुपैयाँको दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंकमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।





