काठमाडौं । शुक्रबार दुई इस्योरेन्स कम्पनीको सेवा बन्द हुने भएको छ । अजोड इस्योरेन्स र युनाइटेड इस्योरेन्सको एक आपसमा मर्जर भइ एकीकृत कारोबार गर्न भएपछि कम्पनीको डाटा माइग्रेसन गर्नको लागि भोली एक दिन सेवा बन्द हुने भएको हो ।
दुई कम्पनी जेठ १४ गतेदेखि युनाइटेड अजोड इस्योरेन्सको नाममा एकीकृत कारोबार गर्न लागेकोले सोही प्रयोजनको लागि जेठ १२ गते अथात् भोली विद्युतीय माद्यमबाट प्रदान गरिने सम्पुर्ण सेवा बन्द हुने कम्पनीले जनाएको छ ।
दुबै कम्पनीले मर्जर पश्चात अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट कारोबार सुरु हुनेछ । यी दुबै कम्पनी बिच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ । हाल युनाइटेडको चुक्ता पूँजी १ अर्ब २ करोड रहेको छ भने अजोडको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।