काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।