काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा आईजीपी वसन्त राज कुँवरको नाम जोडिएपछि नेपाल प्रहरीले आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै प्रहरी प्रधान कार्यालयले समाचारमा उल्लेख गरिएका विषयवस्तुहरु तथ्यहीन, कपोलकल्पित, भ्रमपूर्ण र आधारहीन रहेको जनाएको हो ।
विहीबार एक अनलाइनले भुटानी शरणार्थी प्रकरणमा कुँवरले पूर्व गृहमन्त्रीलाई जोगाउन भूमिका खेलेको र उनको समेत यो गिरोहसँग कनेक्सन रहेको पाइएको भन्दै समाचार सम्प्रेषण गरेको थियो । यस्तो समाचारले प्रहरी संगठनको छविमा आँच पुग्ने उल्लेख गरेको छ ।
यो प्रकरणमा प्रहरीले आफ्नो जीवन र करियरको परवाअ नगरी गरेको अनुसन्धानले यवे प्रकरण् बाहिर आएको र अझै कयौ व्यक्तिहरुबारे तथ्य आउनै बाँकी रहेको अवस्थामा अनुसन्धान अधिकृतको मनोबल गिर्ने यस्ता समाचार सम्प्रेषण नगर्न आर्यालयले आग्रह गरेको छ ।



