images
images

लक्ष्यभन्दा कम राजस्व असुली, १० महिनामा २ अर्ब ८५ करोड सङ्कलन


  • 580
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    लक्ष्यभन्दा कम राजस्व असुली,  १० महिनामा २ अर्ब ८५ करोड  सङ्कलन

    काठमाडौं । आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताए । 

    उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ८५ करोड ३५ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा २ अर्ब २६ करोड ४८ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।
     
    प्रमुख कर अधिकृत रिजालका अनुसार सङ्कलन भएको रकममध्ये करिब १ करोड ५० लाख  रुपैयाँ विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अङ्क फरक परेका (मिसम्याच) करदाताबाट सङ्कलन भएको थियो । 

    मूल्य अभिवृद्धि करबाट ७६ करोड १२ लाख ५५ हजार रुपैयाँ र अन्त शुल्कबाट ३७ करोड ३६ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो । प्रमुख करअधिकृत रिजालले मूल्य मूल्य अभिवृद्धि कार र अन्तशुल्कतर्फसमेत लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको बताए । “सबै क्षेत्र आर्थिक सङ्कटमा चुलिएको छ”, उनले भने, “त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो ।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेका प्रमुख करअधिकृत रिजालले जानकारी दिए ।

    आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उनको भनाइ थियो  । उक्त कार्यालय मतहातमा ५४ हजार बढी करदाता छन् । 


    images
    images

    Logo