images
images

कर्जा चुक्ता गर्न ७० वटा सहकारीलाई स्वरोजगार कोषको ३५ दिने सुचना


  • 387
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    कर्जा चुक्ता गर्न ७० वटा सहकारीलाई स्वरोजगार कोषको ३५ दिने सुचना

    काठमाडौं । कर्जा चुक्ता गर्न ७० वटा सहकारीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ३५ दिने सुचना जारी गरेको छ । कोषले आज एक सुचना जारी गर्दै थोक कर्जा सम्झौता गरी लिएको ऋण ३५ दिनभित्र सावाँ, ब्याज, हर्जाना चुक्ता नगरे ७० वटा सहकारी संस्थालाई कारबाही गर्ने जनाएको हो ।  

    ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकाले आजको मितिले ३५ दिनभित्र कोषलाई बुझाउनु पर्ने सावाँ, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ कोषले जारी गरेको सूचनामा भनिएको छ । 

    यदि तोकिएको समयमा रकम नबुझाएमा संस्थाका संचालक समिति, लेखा समिति एवं कर्जा उप–समिति(सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) को तीनपुस्ते विवरण सहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।

    Capture 2.JPG

    Capture.JPG

    Capture 1.JPG

     


    images
    images

    Logo