images
images

पत्रकारलाई गोली हानी हत्या गरेपछि ...


  • 318
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    पत्रकारलाई गोली हानी हत्या गरेपछि ...

    मेक्सिको । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

    मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उनले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । 

    अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

    रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पु¥्याएको बताए । उनले भने, “आरएसएफले छिटो र पारदर्शी अनुसन्धानको माग गर्दछ ।”

    गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उनको कामसँग सम्बन्धित थियो वा उनको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

    सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन ।


    images
    images

    Logo