काठमाडौं । नवनियुक्त जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट वन तथा वातावरण मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार दुवै जनालार्ई नियुक्त गरेका थिए ।