images
images

कामना सेवा विकास बैंकको करिव साढे २ लाख कित्ता संस्थापक शेयर विक्रीमा 


  • 201
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    कामना सेवा विकास बैंकको करिव साढे २ लाख कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । कामना सेवा विकास बैंकको करिव साढे २ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । आज बैंकले एक सुचना जारी गर्दै गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९ सय ५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

    अब उक्त शेयरमा ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई खरिद आवेदन दिनुपर्नेछ ।


    images
    images

    Logo