काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।