images
images

गुजरातलाई पाखा लगाउँदै चेन्नई आइपिएलको फाइनलमा


  • 282
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    गुजरातलाई पाखा लगाउँदै चेन्नई आइपिएलको फाइनलमा

    काठमाडौं । चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न खेलमा साविक बिजेता गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले  हराउँदै चेन्नईले फाइनलमा स्थान बनाएको हो।

    यो जितसंगै चेन्नई आइपिएलको १४ सिजन मध्ये दश पटक फाइनलमा पुगेको छ। चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये चारमा जितहात पार्दै उपाधि जितेको थियोे।
    टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले  १७२ रन बनाएको थियो । 

    १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा अलआउट हुँदै १५७ रनमा समेटियो।गुजरातका ओपनरद्वय ऋद्धिमान साह १२ रन र शुभमन गिल ४२ रनमा आउट भएका थिए। कप्तान हार्दिक पाण्ड्या ८ रन, डेभिड मिलर ४ रनमा आउट भए भने रासिद खानले  ३० रन बनाएका थिए । बलिङमा चेन्नईका दीपक चाहर, रविन्द्र जडेजा, महीश तिक्षणा र मथीशा पाथिरनाले २(२ विकेट लिए।

    त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि ओपनर रुतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६० रन र डेभन कनवेले ३४ बलमा ४० रन जोडेका थिए। रविन्द्र  जोडेजाले २२ रन जोड्दा अन्जिका राहाणे र अम्बाती रायडु १७(१७ बनाएका थिए। 

    बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले दुई( दुई विकेट लिए। 
    पराजित भएको गुजरातले दोस्रो क्वालिफायर जित्दै फाइनल पुग्ने अर्को मौका भने बाँकी छ। दोस्रो क्वालिफायरमा गुजरात र एलिमिनेटरको विजेताबीच खेल हुनेछ। एलिमिनेटरमा आज लखनउ र मुम्बई भिड्दैछन् ।


    images
    images

    Logo