काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७९ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३२ रुपैयाँ ८३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ४७ पैसा रहेको छ।