images
images

चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा, कोरीया मैत्री अस्पतालसंग सहकार्यको सम्झौता


  • 802
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा, कोरीया मैत्री अस्पतालसंग सहकार्यको सम्झौता

    भक्तपुर । चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा शुरु भएको छ । चाँगुनारायण नगर अस्पतालले मध्यपुर थिमी नगरपालिका अन्तर्गत संचालनमा रहेको नेपाल कोरिया  मैत्री नगरपालिका अस्पतालसंगको सह कार्यमा विशेषज्ञ सहितको सेवा विस्तार गरेको हो । 

    सो सम्बन्धि  सहमती पत्रमा हस्ताक्षर गरी मंगलबारदखि बृहत विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ । चाँगुनारायण नगर अस्पतालको प्राङ्गणमा आयोजित बृहत विशेषज्ञ स्वास्थ्य शिविर उद्घाटन समारोहमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए । 

    कार्यक्रमका प्रमुख अतिथी मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख एवं कोरीयामैत्री नगरपालिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिकासंग स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्न पाँउदा खुशी लागेको बताए । 

    स्थानीय निकायहरु बीच सहकार्य गरी सेवा तथा प्रविधि आदानप्रदान गर्न सकेमा नगरबासी लाभान्वित हुने प्रमुख श्रेष्ठको भनाइ  थियो । फोहोरमैला व्यवस्थापनमा पनि मध्यपुर थिमी नगरपालिकाले चाँगुनारायण नगरपालिकासंग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्न तत्पर रहेको नगर प्रमुख श्रेष्ठले बताए । 

    कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्वास्थ्य बीमा , निःशुल्क उपचार, आधारभूत स्वास्थ्य, जनताको अधिकार नाराका साथ आफ्नै स्वास्थ्य नीति तयार गरी नगरबासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफ्ना मातहतका ८ वटै स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालबाट नियमित रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको बताए । स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच होस् र गुणस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालबाटै उपलब्ध गराउन अस्पालको स्तारोन्नती गर्ने तर्फ नगरपालिका लागि परेको नगर प्रमुख खत्रीले बताए । 

    अक्सिजन प्लान्ट नगर अस्पतालमै निर्माण गरएिकोले अक्सिजन आवश्यक विरामीलाई निःशुल्क उपलब्ध गराइने बताउदै नगर प्रमुख खत्रीले प्रभावकारी रुपमा स्वास्थ्य सेवा आम जनतामा उपलब्ध गराउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

    अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवं दैनिक कार्यसंचालन समितिका संयोजक मनोजकुमार थापाले  २०३९ सालमा स्वास्थ्य चौकी, २०५८ मा  प्राथमिक स्वास्थ्य केन्द्र हुदै २०७७ मंसिर २८ गतेबाट  चाँगुनारायाण अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । थापाका अनुसार  दैनिक ओपिडी सेवा दिदै आएको नगर अस्पतालले अब देखि साप्ताहिक रुपमा हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ लगायतको सेवा प्रदान गरीने बताए । 

    कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत शैलेस त्वयनाबासु, बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भँडेल, संसद सचिवालयका सचिव सुदर्शन खड्का,  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नेपाल कोरीयामैत्री नगर अस्पतालका प्रमुख डा। डि।के रोशनको उपस्थिति रहेकोे थियो । 

    त्यसैगरी कार्यक्रममा वडा नं ४ र ५  का वडाध्यक्ष रोज बहादुर तामाङ्ग र जयन्द्र खड्का, स्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवाल, पूर्व वडाध्यक्ष बुद्धिलाल महर्जन, समाजसेवीहरु रोशन कुमार पौडेल, रामभक्त खत्री, यवती कार्की, जमूना थापा लगायत स्थानीय जनसमुदायको सहभागीता रहेको थियो ।


    images
    images

    Logo