images
images

नेपालमा सवारी साधन उद्योगलाई सहयोग गर्न सरकारलाई नाडाको आग्रह


  • 247
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    नेपालमा सवारी साधन उद्योगलाई सहयोग गर्न सरकारलाई नाडाको आग्रह

    काठमाडौं । नाडा अटोमोबाइलस् एसोसिएसन (नाडा) ले आगामी बजेटमा सवारी साधन उत्पादन उद्योगलाई दिइँदै आएको कर छुट लगायत नीतिगत सुविधा घटाउने सरकारको योजनाप्रति चिन्ता व्यक्त गरेको छ । नाडाले प्रेस विज्ञप्ति जारी गर्दै आगामी बजेटमा नीतिगत सुविधा नघटाउन सरकारसमक्ष ध्यानाकर्षण गराएको हो । 

    नाडाले लामो समयदेखि सवारी साधन उद्योगमा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रोत्साहन गर्नुपर्ने कुराको वकालत गर्दै आएको छ । र सरकारले उक्त मागको सम्बोधन स्वरुप छुट र नीतिगत सुविधा दिँदै आएको छ । 

    यी महत्वपूर्ण कारकहरूलाई बेवास्ता गरि छुट कटौती गर्नाले उद्योगीहरूले गरेको महत्वपूर्ण लगानीलाई जोखिममा पार्ने र नेपालको औद्योगिकीकरणको प्रगतिमा बाधा पु¥याउने सङ्घले विज्ञप्तीमार्फत् चेतावनी दिएको छ । नाडाले सरकारलाई दिर्घकालिन असरहरू विचार गरी रोजगारीका अवसरहरू दिगो बनाउन र प्रतिभा पलायन रोक्न सवारी साधन उद्योगलाई प्रवर्द्धन र समर्थन गर्ने नीतिहरू तर्जुमा गर्न आह्वान गरेको छ ।

    सवारी साधनको व्यापक प्रयोगको आफ्नो दृष्टिकोण प्राप्त गर्न, तत्काल राजस्व चिन्ताहरूमा मात्र केन्द्रित हुनुको सट्टा दीर्घकालीन लक्ष्यहरूसँग मिल्ने व्यापक प्रोत्साहन प्याकेजहरू ल्याउन सरकारलाई आग्रह गरिएको छ । यसले नेपालको अर्थतन्त्र र जनशक्तिमा पु¥याउने बहुआयामिक फाइदालाई ध्यानमा राख्दै आगामी बजेटमा सवारी साधन उद्योगलाई निरन्तर प्रोत्साहन र सहयोगको आवश्यकतालाई नाडाले जोड दिएको छ ।


    images
    images

    Logo