images
images

आइपिएलमा आज गुजरात र चेन्नईबीच पहिलो क्वालिफायर,जित्ने टोली फाइनल पुग्ने  


  • 224
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    आइपिएलमा आज गुजरात र चेन्नईबीच पहिलो क्वालिफायर,जित्ने टोली फाइनल पुग्ने  

    काठमाडौ। आइपिएलमा आज शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच पहिलो क्वालिफायर खेल हुने  भएको छ। राती ७ः४५ मा शरू हुने खेलमा जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ।

    तेस्रो स्थानको लखनउ र चौथो स्थानमा रहेको  मुम्बईले बुधबार राती एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरमा जित हात पारे पार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायरमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउने छ ।

    गुजरात २० अंकसहित शीर्ष स्थानमा रहंदै प्लेअफमा पुगेको थियो । त्यसैगरी  दोस्रो स्थानको चेन्नई सुपरकिंग्स र तेस्रो स्थानको लखनउ सुपर जायन्टले समान १७ अंकसहित प्लेअफमा स्थान बनाएका थिए । रन रेटमा अगाडि रहेको चेन्नई दोश्रो भएका कारण पहिलो क्वालिफायर खेल्न लागेको हो । मुम्बईले १६ अंकसहित अन्तिम ४ को टिकट काटेको थियो ।

     


    images
    images

    Logo