images
images

विद्युत् प्राधिकरणको साढे २ करोड बक्यौता


  • 250
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    विद्युत् प्राधिकरणको साढे २ करोड बक्यौता

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता २ करोड ५१ लाख रुपैयाँ भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम असुल गर्न बाँकी छ । 

    कार्यालयका इञ्जीनीयर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका ५ सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ । “तीन महिना नाघेका ग्राहकबाट १० हजार रुपैयाँदेखि १६ लाख रुपैयाँसम्म असुल गर्न बाँकी छ” उनले भने, “पटक–पटक ताकेता गर्दा पनि रकम उठ्न सकेको छैन ।” 

    कार्यालयमा १२ वर्षभन्दा लामो समयदेखिको विद्युत् महसुलको बक्यौता रकम असुल गर्न बाँकी रहेको थनेतले जानकारी दिए । कावासोती वितरण केन्द्रमा ‘युडेको प्रालि’ले १६ लाख १८ हजार रुपैयाँ बुझाउन बाँकी छ । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काटिएको थनेतले बताए। 

    १ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल भुक्तानी गर्न बाँकी ग्राहक ४० रहेका छन् । विद्युत् प्राधिकरणले उनीहरुबाट १ करोड ४४ लाख रुपैयाँ बक्यौता असूल गर्न बाँकी छ । लामो समयसम्म विद्युत् महसुल भुक्तानी नगर्ने ग्राहकको बत्ती काटिएको उल्लेख गर्दै थनेतले बक्यौता रकम तिरेपछि मात्र लाइन पुनः जडान गरिने जानकारी दिए । कार्यालयले महसुल नतिर्ने २ सय छ ग्राहकको विद्युत् लाइन काटेको छ ।  


    images
    images

    Logo