images
images

एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा


  • 231
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

    काठमाडौं । जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । 

    नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) छन् । आगामी असार ३ गतेदेखि असार २४ सम्म जिम्बावेमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् । 

    समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आ–आफ्नो समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एउटा समूहले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईभित्र रहने टोली आगामी अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

    प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिहं ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल छन् ।


    images
    images

    Logo