images
images

विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा


  • 207
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा

    काठमाडौं । लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित ५ सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक–पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

    केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

    केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४ सय ६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए। कालोसूचीमा परेकाबाट केन्द्रले ९२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँअसुल गर्नुपर्ने छ । 

    त्यसैगरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङ्ग मकवानपुरले महशुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ ।  केन्द्रका प्रमुख वीरमान रास्कोटीले उनीहरुबाट रु एक करोड रकम उठ्न बाँकी रहेको बताए । 


    images
    images

    Logo