काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
आज बसेको संसदीय दलको बैठकले साे निर्णय गरेको हो । मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन । तर बैठकमा कुनै ठोस निर्णय हुनन सकेपछि आज बिहान फेरि बैठक बस्ने निर्णय भएको थियो। तर मुख्यमन्त्री यादवले बैठक नगरी कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लागेपछि माओवादीले सरकार छाेडने निर्णय गरेकाे हाे ।
आज मुख्यमन्त्री सरोज कुमार यादवले आज कांग्रेसका २ जना र एकीकृत समाजवादीका १ जना मन्त्री नियूक्त गरेका छन् ।



