images
images

एकैदिन ३५ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 242
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    एकैदिन ३५ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५ सय ५१ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ३१ जना, लेन अनुशासन पालना नगर्ने १ सय ७५ जना, रेड लाइडमा सवारी साधन चलाउने ७८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २३ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४३ जना, लिडारगन ३ सय चालक रहेका छन् ।  यस्तै २ हजार ८ सय १ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo