images
images

नेपाल प्रहरीका २२ जना एसपीको पदस्थापना, ५ जनाको सरुवा 


  • 394
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    नेपाल प्रहरीका २२ जना एसपीको पदस्थापना, ५ जनाको सरुवा 

    काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापना भएको छ भने ५ जना एसपीको सरुवा भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको पदस्थापन गरेको हो । उनीहरूको गत शुक्रबार बढुवा भएको थियो। 

    बढुवा भएका गौतमकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखामा पदस्थापन भएको छ। त्यस्तै, मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेकी बसुन्धरा खड्काको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमामा पदस्थापना भएको छ ।  

    त्यस्तै, अपिलराज बोहराको प्रधान कार्यालय मानव अधिकार उल्लंघन अनुगमन इकाइ र नवराज कार्कीको जिल्ला प्रहरी परिसर ललितपुरमा पदस्थापन गरिएको छ। प्रहरी वृत्त सिंहदरबारमा रहेका गोबिन्द पुरीको प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, रविन्द्रबहादुर सिंहको प्रहरी महानिरीक्षक सचिवालय र चित्रबहादुर गुरूङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखामा पदस्थापन गरिएको हो। 

    त्यस्तै, जिल्ला प्रहरी कार्यालय, बाँकेमा रहेका रामप्रसाद घर्तीको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन महाशाखा धनगढी, कैलालीमा पदस्थापन गरिएको छ । सोमबार नै प्रधान कार्यालयले ५ एसपीको सरूवा समेत गरेको छ। 

    बसन्त रजौरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाबाट नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नबिनराज राईको कोशी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाबाट काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजमा सरूवा गरेको छ। 

    चन्द्रदेव राईको काठमाडौं उपत्यका प्रहरी शिक्षालय, रामप्रकाश शाहको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर र अर्जुनप्रसाद तिमिल्सिनाको प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालमा सरूवा भएको हो।

     

     


    images
    images

    Logo