images
images

काठमाडाैंमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता


  • 256
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    काठमाडाैंमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

    काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३ सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

    परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आर्थिक बर्षमा काठमाडौंमा दर्ता भएका ९ हजार २ सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए। “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उनले भने ।

    परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।

    परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आर्थिक बर्षमा अभद्र व्यवहारसम्बन्धी २ हजार ८, विविध अपराध ५ सय ७५, चोरीसम्बन्धी कसुर ४ सय ४५, लागुऔषध २ सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २ सय ५७, आत्महत्यासम्बन्धी कसुर २ सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर १ सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

    परिसरमा गत आर्थिक बर्षमा बैंकिङ  कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा ४ हजार ३ सय ४३ मुद्दा दर्ता भएका थिए ।


    images
    images

    Logo