काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।