images
images

एकदिवसीय विश्वकप छनोट खेल्ने २२ सदस्यीय टोली घोषणा


  • 265
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    एकदिवसीय विश्वकप छनोट खेल्ने २२ सदस्यीय टोली घोषणा

    काठमाडौँ । एकदिवसीय विश्वकप छनोटका खेल्ने प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले २२ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो । 

    जिम्बाब्वेमा आगामी  असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा रहेका छन् । त्यसैगरी टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जीसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल समावेश छन् । 

    त्यस्तै किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम(मौसम) ढकाल र अविनाश बोहराले पनि टिममा स्थान बनाएका छन् । नेपालले गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न डिभिजन लिग टुको खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकप छनोटमा छनोटमा स्थान पक्का गरेको थियोे । विश्वकप छनोटमा टेष्ट राष्ट्रहरू श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्ससहित नेपाल स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

    ती १० टिमलाई आईसीसीले २ समूहमा विभाजन गर्नेछ । दुवै समूहको शीर्ष ३ टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्येबाट शीर्ष २ मा पुग्ने टिमले भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।


    images
    images

    Logo