images
images

राष्ट्र बैंकको कारवाहीमा परे ५ कम्पनी, एउटैलाई १९ लाखसम्म जरिवाना 


  • 1.0K
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    राष्ट्र बैंकको कारवाहीमा परे ५ कम्पनी, एउटैलाई १९ लाखसम्म जरिवाना 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ कम्पनीलाई नगद जरिवाना गरेको छ । राष्ट्र बैंकले नियम पालना नगर्ने ४ वटा विकास बैंक र १ वटा फाइनान्स कम्पनीलाई नगद जरिवाना गरेको हो । यसरी कारवाहीमा पर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टीपपर्स फाइनान्स रहेका छन् । 

    सप्तकोशी डेभलपमेन्ट बैंकले सिडि रेशियो कायम नगरेको भन्दै राष्ट्र बैंकले १९ लाख ३६ हजार ६ सय ३५ रुपैयाँ जरीवाना तिराएको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३ सय २४ रुपैयाँ जरिवाना गरिएको छ । साल्पा विकास बैंकलाई १ लाख १० हजार २ सय ६५ रुपैयाँ र र्कोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार २ सय ६५ जरीवाना गरिएको छ ।

    यस्तै नारायणी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै ३ पटकसम्म जरीवाना तिराएको छ । जसमा पहिलोपटक ३ हजार ९ सय ४८ रुपैयाँ, दोस्रो पटक ६३ हजार ७ सय ८२ रुपैयाँ र तेस्रो पटक १ लाख ८ हजार ७ सय ७० रुपैयाँ जरिवाना तिराएको छ । त्यस्तै, मल्टिपर्पस फाइनान्सले पनि अनिवार्य नगद अनुपात कायम नगर्दा २ हजार ७ सय १ रुपैयाँ जरीवाना तिर्नुपरेको छ ।

    Harjana_BC_2079-chait_page-0001.jpg

    Harjana_BC_2079-chait_page-0002.jpg

     

     


    images
    images

    Logo