काठमाडौं । कुमारी बैंकले बोलकबोल माध्यमबाट ३ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै संस्थापक शेयरधनीहरुको ३ लाख १६ हजार १ सय ४० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ। तसर्थ सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र निवेदन बुझाउन सक्ने बैंकले जनाएको छ।
सेयर बिक्रीका लागि बैंकले न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ। तसर्थ सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले तोकिएको मूल्य भन्दा कम मूल्य नहुने गरी बोलकबोल गर्नु पर्नेछ।
ताेकिएकाे समयभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदमा आवेदन नपरे बैंकले अन्य संघसंस्था तथा व्यक्तिका लागि बिक्री खुला गर्नेछ।



