images
images

३५ दिनभित्र २० वर्ष पुराना गाडीलाई कवाडी बनाउन मन्त्रालयको निर्देशन


  • 924
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    ३५ दिनभित्र २० वर्ष पुराना गाडीलाई कवाडी बनाउन मन्त्रालयको निर्देशन

    काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीलाई ३५ दिनभित्र कवाडी बनाउन निर्देशन दिएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै २० वर्षभन्दा पुराना गाडीलाई पत्रु बनाउन निर्देशन दिएको छ । 

    मन्त्रालयले सवारी साधन दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सम्पुर्ण सार्वजनिक सवारी साधान ३५ दिनभित्र पत्रु गर्ने पर्ने जनाएको छ । 

    साथै, उक्त सवारी साधनहरुको हालसम्म बुझाउन बाँकी रहेको राजस्व समेथ बुझाई उक्त साधनलाई पत्रु बनाउन मन्त्रालयले अनुरोध गरेको छ । 

    हाल काठमाडौं उपत्यकामा संचालन हुने ग्याँस टेम्पो, निलो माईक्रोलगायत ७ सय बढी सवारीसाधन २० बर्ष पुराना छन् । तिनिहरुलाई प्रतिश्थापन गरी नयाँ ई–ट्याक्सीको नम्बर दिने प्रक्रिया अघि बढेको छ ।

    bagmati.jpg


    images
    images

    Logo