काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले करिब २ लाख कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । बैकले संस्थापक शेयरभनी छुते यांकी श्रेष्ठको नाममा रहेको कुल १ लाख ९६ हजार ८ सय ३३ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।