images
images

प्लेअफमा पुग्ने चारै टिमको टुंगो,अन्तिममा मुम्बई छनौट


  • 319
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    प्लेअफमा पुग्ने चारै टिमको टुंगो,अन्तिममा मुम्बई छनौट

    काठमाडौं । आइपिएल २०२३ को प्लेअफमा पुग्ने चारै टिमको टुंगो लागेको छ। आइतबार राती सम्पन्न खेलमा गुजरातसंग रोयल च्यालेन्जर्स बेङ्गलोर पराजित  भएपछि मुम्बई इन्डियन प्लेअफमा पुग्ने अन्तिम टोली बनेको हो । प्लेअफमा पहिलेनै पुगिसकेको गुजरातले बेङ्गलोरलाई ६ विकेटले पराजित गरेपछि मुम्बईले प्लेअफमा स्थान बनाएको हो । 

    पहिलेब्याटिङ गरेको बेङ्गलोरले बिराट कोइलीको सतकसंगै ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । गुजरातले सो लक्ष्य १९।१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । गुजरातका लागि शुभमन गिलले १०४ रन बनाएका थिए ।

    त्यसअघि पाँच स्थानमा रहेको मुम्बईले पुछारमा रहेको सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको थियो । २०१ रनका लक्ष्य पछ्याएको मुम्बईले १८ ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । मुम्बईका लागि क्यामरून ग्रिनले ४७ वलमन अविजित एक सय रन बनाए । त्यसैगरी रोहित शर्माले ३७ वलमा ५६ रन जोडे । 

    टस हारेर बयाटिङ गरेको हैदरावादले मयंक अग्रवालको ८३ र भिभरान्ट शर्माको ६९ रनको मद्दतमा ५ विकेट गुमाई  २०० रनको सम्मानजनक योगफल बनाएको थियो । जितसंगै गुजरात २० अंकसहित शीर्ष स्थानमा रहंदै प्लेअफमा पुगेको छ ।

     त्यसैगरी  दोस्रो स्थानको चेन्नई सुपरकिंग्स र तेस्रो स्थानको लखनउ सुपर जायन्टले समान १७ अंकसहित प्लेअफमा स्थान बनाएका छन्। मुम्बईले १६ अंकसहित अन्तिम ४ को टिकट काटेको हो ।

    शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर खेल हुने पक्का भएको छ। सो खेलमा जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ।

    तेस्रो स्थानको लखनउ र चौथो स्थानमा रहेको मुम्बईले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरमा जित हात पार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ।


    images
    images

    Logo