काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५६ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ९८ पैसा रहेको छ।