images
images

विज्ञापन बोर्डले काट्यो पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन, पत्रकार महासंघको आपत्ति


  • 197
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    विज्ञापन बोर्डले काट्यो पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन, पत्रकार महासंघको आपत्ति

    काठमाडौं । विज्ञापन बोर्डले पत्रपत्रिकालाई दिने लोककल्याणकारी विज्ञापन कटाउने निर्णयमा पत्रकार महासंघले आपत्ति जनाएको छ । बोर्डले रकम नपुग भएको कारण देखाउँदै छापामाध्यमलाई दिने विज्ञापन कटाएकोमा महासंघले आपत्ति जनाएको हो । 

    विज्ञापनवापतको रकम अपुग भएका कारण देखाउँदै विज्ञापन बोर्डले छापामाध्यमलाई जेठ १५ गतेसम्म प्रकाशित विज्ञापनको मात्र भुक्तानी गर्ने भनी सूचना प्रकाशित गरेको थियो । कोरोना संक्रमणका कारण समस्या झेलिरहेका पत्रपत्रिका, लोककल्याणकारी विज्ञापनसमेत नदिँदा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू बन्द हुने अवस्थामा पुग्न सक्ने भन्दै महासंघले उक्त निर्णयमा आपत्ति जनाएको छ । 

    विज्ञापन काट्ने उक्त निर्णय छापामाध्यमको हितविरुद्ध भएका कारण निर्णय फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न महासंघले ध्यानाकर्षणसमेत गराएको छ । 

     


    images
    images

    Logo