images
images

बुद्ध एयरको जहाजमा भएकाे मुसा भेटियो


  • 279
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    बुद्ध एयरको जहाजमा भएकाे मुसा भेटियो

    काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ ।

     बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब ३ घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।
     
    आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौं ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुध्द एयरले सूचनामा उल्लेख गरेको छ । कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।


    images
    images

    Logo