images
images

नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउनुपर्छ : चित्रबहादुर केसी


  • 186
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउनुपर्छ : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोचाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शव्द हटाउनुपर्ने माग राखेका छन् । राष्ट्रपतिले प्रस्तुत गरेका सरकारको नीति तथा कार्यक्रमको छलफलका लागि आइतबार भएको वैठकमा केसीले पहिलो बुँदामा उल्लेखित संघीय लोकतान्त्रिक गणतन्त्र राज्य मुलुकबाट संघीयता भन्ने शव्द हटाउनुपर्ने माग राखेका हुन् । 


    ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, संघीयताका बिरुद्धमा नेपालमा जनमत तयार गइराखेको छ । त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि भन्ने खतरा छ । त्यसकारणले मौकामै हामी शतर्क हुनुपर्छ’, उनले भने ।

    अध्यक्ष केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । ‘कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ । संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाई संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ । संघीयता हुँदैन’, केसीले भने ।


    images
    images

    Logo