images
images

ओलीको प्रश्न : अर्थतन्त्रको अवस्थाबारे सरकारको कुन भनाइलाई सही मान्ने ?


  • 215
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    ओलीको प्रश्न : अर्थतन्त्रको अवस्थाबारे सरकारको कुन भनाइलाई सही मान्ने ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अर्थतन्त्रको अवस्थाबारे सरकारको कुन चाहिँ भनाइलाई सही मान्ने भन्ने प्रश्न राखेका छन् । आइतबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलमा ओलीले यस्तो प्रश्न राखेका हुन् । 

    ओलीले राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकलाई सही मान्ने वा, अर्थमन्त्रीको दावीलाई सही भन्ने वा प्रधानमन्त्रीले कुटनीतिक ससुदायसँग प्रस्तुत गरिएको तथ्यांकलाई सही भन्ने वा राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गरेका नीति कार्यक्रममा प्रस्तुत विवरणलाई सही मान्ने भनी प्रश्न गरेका हुन् । 

    ‘शुक्रबार राष्ट्रपतिले प्रस्तुत गरेका नीति तथा कार्यक्रमको बुँदा नम्बर ५ र १४ नै एकअर्कामा बाझिएका छन्’ ओलीले भने । बुँदा नम्बर ८ मा भूकम्प, कोभिड महामारी, डेंगु, रुस युक्रेनको युद्धले अर्थतन्त्रमा शिथिलता आएको बताइएको र अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकको बुँदा नं २ मा केही आन्तरिक र बाह्य कारणले अर्थतन्त्रमा सुधार नआएको उल्लेख गरिएको बताएका छन् । तर प्रधानमन्त्रीले दातृ समुदायसँग राजस्व संकलन नभएर अर्थतन्त्रमा शिथिलता आएको बताएका कारण ओलीले कुन भनाइलाई आधिकारीक मान्ने भन्ने प्रश्न गरेका हुन् । 

    प्रधानमन्त्रीले दातृ समुदायसँगको ब्रिफिङमा राजस्व संकलन नभएको कुराको उल्लेख गरेको कुराको विरोध समेत उनले गरेका छन् । समस्या हरेक ठाउँमा हुने र समस्याको समाधान गर्नका लागि नै सरकार बनेको हुँदा, सरकारले अरुका सामु समस्या व्यक्त गर्नुभन्दा आफ्नो कर्तव्य आफैं पूरा गर्नुपर्ने बताए । 


    images
    images

    Logo