काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले सोमवार सो रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिन अवधिको लागि १० अर्ब रुपैयाँ, ९१ दिन अवधिका लागि ४ अर्ब २३ करोड रुपैयाँ, १८२ दिन अवधिका लागि १२ अर्ब ४७ करोड रुपैयाँ, र ३६४ दिन अवधिका लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । यीमध्ये ९१ दिन अवधिको २ अर्ब नयाँ बिल जारी गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल २८ दिनको आगामी असार ५ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको आगामी भदौ ५ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आगामी मंसिर ५ गते र ३६४ दिन अवधिको आगामी जेठ ८ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल सोमवार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।
उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।



