images
images

फेरि बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 563
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    फेरि बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भउको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo