काठमाडौं । आइतबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
त्यसैगरी कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ।
आइतबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।