images
images

लखनऊ र चेन्ननाई आइपिएल २०२३ को प्लेअफमा 


  • 314
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    लखनऊ र चेन्ननाई आइपिएल २०२३ को प्लेअफमा 

    काठमाडौं । लखनऊ सुपर जायंट्स र  चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को प्लेअफमा पुगेका छन्। यो संगै प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ । शनिबार राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले पाखा लगाउंदै लखनऊले अन्तिम चारको टिकट काटेको हो । 

    १७६ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।   कोलकाताका रिङ्कु सिहले ३३ बलमा अभिजित  ६७ रन  बनाएपनि हार टार्न सकेनन् । पहिले ब्याटिङ गरेको लखनऊका लागि निकोलस पुरनले ३० बलमा ५८ रन बनाएका थिए । यो जितसंगै १४ खेलबाट ८ जितसहित १७ अंक जोडेको लखनऊ रनरेटका आधारमा तेस्रो हुदै प्लेअफमा पुगेको हो ।

    शनिबार सम्पन्न पहिलो खेलमा दिल्ली क्यापटिल्सलाई ७७ रनले पराजित गर्दै चेन्नई प्लेअफमा पुगेको थियो। चेन्नई १४ खेलमा ८ जितसहित १७ अंक जोडेर रनरेटका आधारमा  दोस्रो स्थानमा रहंदै प्लेअफमा पुगेको हो । 

     पहिले ब्याटिङ गरेको चेन्नईले ३ विकेटको क्षतिमा २२३ रन जोडेको थियो। उसका लागि डेवन कनवेले ५२ बलमा ८७ रन तथा रुतुराज गायकवाडले ५० बलमा ७९ रन बनाएका थिए।

    दिल्लीका खलील अहमेदले  र एनरिच नोर्कियाले १(१ विकेट लिए। २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन बनाएपनि हार टार्न सकेनन् । बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट र मथिशा पाथिरानाले २ विकेट लिए


    images
    images

    Logo