images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ? 


  • 253
    SHARES
  • २०८० जेठ ६ गते शनिबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ? 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५६ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ४७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ १ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ७५ पैसा रहेको छ।

    dollar saturday11.JPG


    images
    images

    Logo