काठमाडौं । भारतमा अब २ हजार रुपैयाँका नोट नचल्ने भएको छ । भारतको केन्द्रीय बैंकले शुक्रबार यस्तो निर्णय गरेको हो। बैंकले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सन् २०१६ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले नोटबन्दी योजना अन्तर्गत १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनचल्तीमा ल्याएको थियो।
भारतीय रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ। यो वर्षको सेप्टेम्बर ३० तारिखसम्ममा त्यस्ता नोट बैकमा बुझाउनु पर्ने समयसीमा दिइएको छ। सो अवधिमा नबुझाएको २ हजारको नोट नचल्ने समाचारमा जनाइएको छ।