काठमाडौं । केपी ओली सरकारको पालामा विवादित बनेको ढुंगा गिटी निर्यात गर्ने नीति वर्तमान सरकारले समेत लिएको छ । वातावणमा प्रतिकुल असर नपर्नेगरी भन्दै सरकारले उक्त नीति पुनर्जीवीत गरेको हो ।
यसअघि युवराज खतिवडा अर्थमन्त्री हुँदा सरकारले ल्याएको उक्त नीतिको विरोध भएपछि तात्कालिन सरकारले उक्त कार्यक्रम फिर्ता लिएको थियो ।
यो नीतिले चुरे क्षेत्रको दोहनलाई सहयोग गर्ने सरोकारवालाहरुको आरोप छ ।