काठमाडौं । सरकारले ५० युनिटसम्मको बिजुली निशुल्क दिने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत् सरकारले वर्षा याममा ५० युनिट तथा हिँउद याममा २० युनिटसम्म मात्रै विद्युत् खपत गर्ने परिवारलाई निशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको हो ।
हालसम्म मासिक १० युनिट विद्युत् उपयोग गर्नका लागि मात्रै विद्युत् महशुल निशुल्क गरिएको छ ।