जलवायु परिवर्तनका कारण सन् १९९० को दशकको सुरुदेखि नै विश्वका आधाभन्दा बढी ठूला ताल र जलाशयहरुमा कमी आएको छ । सोही कारणले कृषि, जलविद्युत र मानव उपभोगका लागि पानीको पर्याप्तताबारे चिन्ता बढ्दै गएको अन्तर्राष्ट्रिय विज्ञ टोलीले गरेको एक अध्ययनले देखाएको छ ।
उक्त रिपोर्ट अनुसार दक्षिण अमेरिकाको टिटिकाका ताल र युरोप र एसियाबीचको क्यास्पियन सागरलगायत विश्वका सबैभन्दा महत्त्वपूर्ण ताजा पानीका स्रोतहरुले तीन दशकभन्दा बढी समयदेखि प्रतिवर्ष २२ मेट्रिक टनको सञ्चीत गतिमा पानी गुमाउँदै आएका छन् । त्यो संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो जलाशय – लेक मीडको लगभग १७ गुणा हो ।
दिगो मानव गतिविधिले मध्य एशियाको अरल सागर र मध्य पूर्वको मृत सागर सहित तालहरू सुकेको, विज्ञान जर्नलमा प्रकाशित एक अनुसन्धानले देखाएको छ । अफगानिस्तान, इजिप्ट र मंगोलियाका तालहरू पनि बढ्दो तापक्रमबाट प्रभावित भएका छन् । त्यसका कारण वाष्पीकरण उच्च भई वायुमण्डलीय आद्र्रता बढ्न सक्छ ।
भित्री तिब्बती पठार जस्ता दुर्गम क्षेत्रहरूमा बाँध निर्माण गरेका कारण एक चौथाई तालहरूको पानीको स्तरमा वृद्धि भएको छ ।
प्राकृतिक ताल र बाँधहरुले पृथ्वीको ताजा पानीको ८७ प्रतिशत ओगटेको छ । उक्त पानी सतहमा रहेको पानीको ३ प्रतिशत मात्र रहेको १९९२ र २०२० को बीचमा जम्मा गरिएको स्याटेलाइट इमेज डाटामा आधारित रिपोर्टमा जनाइएको छ ।
‘प्राकृतिक तालहरुमा भएको पानी कम हुँदै जानुमा ५६ प्रतिशत कारण जलवायु तापक्रम र मानव उपभोग हो । तर त्यसमा मुख्य श्रेय तापक्रम वृद्धिलाई नै जान्छ’, अध्ययनका प्रमुख अन्वेषक, भर्जिनिया विश्वविद्यालयका सतह जलविज्ञानी फाङफाङ याओले बताए ।
जलवायु परिवर्तनका कारण ओसिलो ठाउँहरु झन्झन् ओसिलो र सुख्खा ठाउँहरु मरुभूमिमा परिणत समेत हुनसक्ने जलवायु वैज्ञानिकहरुको अनुमान थियो । तर त्यसको विपरीत, ओसिलो ठाउँहरुमा पनि पानीको कमी हुँदै गएको अध्ययनले पत्ता लगाएको छ ।
‘यसलाई बेवास्ता गर्नु हुँदैन’, याओले भने ।
स्याटेलाइट अवलोकन गरि जलवायु र हाइड्रोलोजिकल मोडेलहरु प्रयोग गरेर वैज्ञानिकहरुले २ हजारवटा ठूला तालहरुको मुल्यांकन गरेका थिए । अत्याधिक मानवीय गतिविधि, वर्षा र वहावमा परिवर्तन, अवसाद र उच्च तापक्रमका कारण तालको पानी घट्दो क्रममा रहेको उनीहरुले निष्कर्ष निकाले । १९९२ देखि २०२० को बीचमा ५३ प्रतिशत तालहरु घटेको बताइएको थियो ।
महिनौंको खडेरीपछि क्याटालोनियाको उत्तरपूर्वी जलाशयहरु लगभग २६ प्रतिशतले भरिएको स्पेनले हालै पत्ता लगाएको छ । २०२२ मा उक्त जलाशयहरु ५८ प्रतिशतले भरिएको थियो ।
२०२२ को सोही अवधिको तुलनामा, इटालीको गार्डा तालमा हालै असामान्य रुपमा कम पानीको स्तर मापन गरिएको थियो । पानीको सतह अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत कम थियो ।
जलवायु परिवर्तनको विनाशकारी परिणामबाट बच्न ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियस (२.७ डिग्री फरेनहाइट) मा सीमित गर्नुपर्ने वैज्ञानिक तथा वातावरणविद् बताउँछन् ।



