images
images

लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरको निर्देशन


  • 204
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरको स्वास्थ्य विभागले सूचना जारी गर्दै महानगरभित्र रहेका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो । 

    महानगरभित्र रहेका  केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकारका स्वास्थ्य संस्थाहरुले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था भएकाले सो लागु गर्नुपर्ने सूचनामा उल्लेख छ । 

    महानगरभित्रका स्वास्थ्य संस्थाहरुले सो सुविधा उपलब्ध नगराएमा महानगरको नियमअनुसार कारबाही हुने पनि सूचनामाउल्लेख गरिएको छ ।


    images
    images

    Logo