काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।