काठमाडौं । काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको बताएका छन् । नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन ।
ढकालले भने, अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखिएको बताए । ‘निजी क्षेत्रले रोजगार दिन नसक्दा अहिले ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएका छन् । त्यसैले दिगो आर्थिक बिकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका आवश्यक छ । र त्यो सुधारको प्रस्थानविन्दु यसपटकको बजेट हुनुपर्छ’
उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक नै रहेको अध्यक्ष ढकालले बताए। जसका कारण ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित भएको छ । राजश्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भैरहेको छ । उनले बताए ।



